दुर्घटनामा दुईजना गम्भीर घाईते

8949c565-2a37-47d2-949a-9af562d9cbba

कालचिनीः भारत भोटाङ सीमान्त सहर जयगाउँको एनएस रोडमा आज एउटा मोटरबाइक र भोटाङे ट्रकबीच भीड़न्त हुँदा मोटरबाइक सवार दुईजना गम्भीर घाईते बनेको घटना प्रकासमा आएको छ। प्राप्त जानकारी अनुसार घाईते दुवै युवकलाई अस्पतालमा पुऱ्याएको र उनीहरूको उपचार चलिरहेको छ।
जयगाउँ एनएस रोडमा भोटाङे वाहनहरू द्रुत गतिमा हाँक्ने गरेकोले नै यस्तो दुर्घटना भईरहेको स्थानीय बासिन्दाहरूले जनाएका छन्। यदि ट्राफिक नियम ससक्त नभए आउँदो दिनमा जयगाउँ सड़क पनि खुनिया मोड़ सरह बन्ने स्थानीय बासिन्दाहरूले आशङ्का गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement