पानीहाटी दही-चूड़ा मेलामा भीषण दुर्घटना

Panihati

कोलकाता: उत्तर २४ परगनाको पानीहाटी दही-चूड़ा मेलामा भीषण दुर्घटना घटेको छ। आइतवार बिहान मेलामा भारी भीड़ र भीषण गर्मीको कारण तीन जनाको मृत्यु भएको छ। यसमा दुई महिला सामेल छन्। अझ् दुईजनालाई गम्भीर अवस्थामा अस्पतालमा भर्ती गराइएको छ। यद्यपि, दुर्घटनापछि मन्दिरको मुख्य द्वार बन्द गरिएको थियो। मुख्यमन्त्री ममता ब्यानर्जीले यस घटनामा शोक प्रकट गरेकी छन्। मुख्यमन्त्रीले ट्वीट गरिन्, पानीहाटीमा इस्कोन मन्दिरको चूड़ा-दही महोत्सवमा भीषण गर्मीको कारण तीनजनाको मृत्यु भएको छ। यो अत्यन्त दुःखद घटना हो। पुलिस कमिश्नर र जिल्लाधिकारी घटनास्थलमा पुगेका छन्। उनीहरूले हरेक प्रकारले मद्दत गरिरहेका छन्। मृतक परिवारहरूप्रति समवेदना व्यक्त गरिरहेछु। उल्लेख्य, कोरोनालाई लिएर गत दुई वर्षदेखि यो उत्सव बन्द थियो। स्वाभाविक रूपमा यस वर्षको आयोजनलाई लिएर भारी उत्साह थियो। मेलामा बिहानैदेखि भारी संख्यामा मानिसहरू यहाँ आएका थिए। दिउसो गर्मी पनि बढ्दै गयो। अहिले मृतकहरूको पहिचान हुनसकेको छैन। दुई जनालाई गम्भीर स्थितिमा खरदाको बलराम अस्पतालमा भर्ती गराइएको छ। पुलिस कर्मीहरूले मेला परिसरलाई शीघ्र खाली गराउने प्रयास गरिरहेका छन्। विधायक निर्मल घोष पनि घटनास्थलमा पुगेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement