कालचिनीः जयगाउँ थाना अन्तर्गत छोटा मेचे बस्ती निवासी एकजना चन्दन बर्मन नामक व्यक्तिले आत्महत्या गरेको घटना प्रकासमा आएको छ। पुलिस सुत्रले बताए अनुसार धेरै लामो समयदेखि चन्दन बर्मन र तिनको पत्नी निरुधा बर्मनबीच पारिवारिक कलह रहेको थियो भने विगत तीन सालदेखि पत्नी अलग छुट्टिएर बसेकी थिईन।
बिहीबार बिहान मात्र स्थानीय बासिन्दाहरूले चन्दन बर्मनको शव घाँटीमा पासो लागेर झुण्डिएको अवस्थामा देखेपछि पुलिसलाई यसको जानकारी दिएको थियो। पुलिसले शवलाई उद्धार गरेर पोस्टमार्टम गर्न पठाएको जनाएका छन्।