कालचिनीः चिया श्रमिकहरूको रोज २३२ बाट बढ़ेर २५० रुपियाँ भएको खुसीमा बिहीबार तृणमूल गारोपाड़ा अञ्चल कमिटीको आयोजनामा बाइक ऱ्याली निकालियो। गारोपाड़ा चौपतिबाट शुरु भएको उक्त ऱ्यालीले राजाभात, भातखावा, गंगुटिया र डिमा चियाबारीको गाउँ हुँदै कमानको सेक्सनहरूमा पुग्दै रोज वृद्धि माँ, माटी र मानुसको सरकारले मुख्यमन्त्री ममता ब्यानर्जीको अनुप्रेरणा स्वरूप भएको श्रमिकहरूलाई बताएको थियो। तृणमूल गारोपाड़ा अञ्चल सभापति घुरन महलीको नेतृत्वमा सम्पन्न उक्त ऱ्यालीमा गारोपाड़ा अञ्चल तृणमूल कङ्ग्रेस लगायत तृणमूल युवा कङ्ग्रेस र तृणमूल चियाबारी श्रमिक यूनियन टीसीबीएसयूका सदस्यहरूले अंशग्रहण गरेको थियो।
तृणमूल नेता घुरन महलीले चियाबारी श्रमिकहरूको हितमा लगातार तृणमूल सरकारले काम गरिरहेको र ६९ रुपियाँ बाट रोज वृद्धि गर्दै अहिले २५० सम्म पुऱ्याउने श्रेय केवल माँ, माटी र मानुसको सरकारको रहेको र विगत बाममोर्चाको शाशनकालमा श्रमिकहरूको अवस्था धेरै दयनीय रहेको तर अहिले मुख्यमन्त्री ममता ब्यानर्जीको सरकारमा चिया श्रमिकहरूको अवस्था धेरै राम्रो हुँदै आएको जनाएका छन्। बाइक ऱ्याली अवधि तृणमूल नेताहरूले राज्य सरकारलाई धन्यवाद पनि ज्ञापन गर्दै भाजपाले केवल नाटक गर्न अनि जनताको भावनासित खेला गर्न मात्र जानेको चिया श्रमिकहरूको हितमा केही गर्न नसकेको तर तृणमूलले जे बोल्छ त्यो गरेर देखाउँछ भन्दै श्रमिकहरूलाई आह्वान गरेको थियो।