जीटीए चिफ् अनित थापाद्वारा खरसाङको क्लर्क टावर र अन्यको उदघाटन

IMG-20230413-WA0344.jpg

खरसाङ: जीटीएको मुख्य कार्यपाल अनित थापाको बाहुलीबाट आज साँझ खरसाङको क्लर्क टावरको उदघाटन गरिएको छ। खरसाङको मोटर स्ट्याण्डमा सम्पन्न एक कार्यक्रमबीच जीटीएको मुख्य सचिव एंव दार्जिलिङ जिल्ला शासक एस पुनमबालमको उपस्थितिमा जीटीए चिफ् अनित थापाको बाहुलीबाट उदघाटन गरिएको छ। उनले आज साँझ उनले खरसाङको मुख्य भागमा रहेको क्लर्क टावर, क्लर्क टावरको मुनिपट्टि रहेको बगैंचा, मोटर स्ट्याण्डको पुलिस बुथ नजिक रहेको विश्राम गृह र खरसाङ बजारमा लगाइएको ५५ वटा सीसी टिभी क्यामेराको उदघाटन गरिएको छ। उक्त उदघाटन कार्यक्रमलाई भागोप्रमो खरसाङ गिध्द पहाड़ समष्टिको सचिव भक्तिमान तामाङले सञ्चालन गरेका थिए भने स्वागत सम्भाषण भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिको सचिव एंव पावर विभागको एमओडी सभासद प्रणाम रसाइलीले राखेका थिए। यसै कार्यक्रममा जीटीए मुख्य कार्यपाल अनित थापा र दार्जिलिङ जिल्लापाल एंव जीटीएको मुख्य सचिव एस पुनमबालमलाई खरसाङका सभासदहरू एंव जनताको पक्षमा सम्बर्ध्दना जनाइएको थियो। यस अवसरमा जिल्लापाल एस पुनमबालमलाई पण्डित तुलसीप्रसाद अधिकारी र जीटीए चिफ् अनित थापालाई वरिष्ठ साहित्यकार जीबी बलको बाहुलीबाट सम्बर्ध्दना जनाइएको थियो। यस अवसरमा दुवैलाई नेपाली जातीय टोपी, फूल गुच्छा र जातीय खुकुरी प्रदान गरियो भने शल ओढ़ाएर सम्मान जनाइएको छ। उक्त सम्बर्ध्दना कार्यक्रमलाई आशा मुखिया लामाले सञ्चालन गरेका थिए। कार्यक्रममा जिल्लापाल एस पुनमबालम र जीटीए चिफ् अनित थापाले सम्बोधन गरेका थिए। कार्यक्रमपछि जीटीए चिफ् अनित थापाले पत्रकारहरूले सोधेका विभिन्न प्रश्नहरूको उत्तर दिन्दै खरसाङको सुन्दरीकरण गरिएको बताउँदै हामीले टोयलेटलाई क्लर्क टावर बनायौं भने सोच परिवर्तन गर्न सके धेरै कार्य गर्न सकिने अनि विगत पाँच वर्षको अवधिमा खरसाङ क्षेत्रको पर्यटकीय क्षेत्रमा धेरै उन्नति भएको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement