साहित्य-संस्कृति कार्यक्रम २०२२मा रोङगो उच्चत्तर माध्यमिक विद्यालयको विशेष उपलब्धि

Rongo

गोरुबथान: आजका नानीहरु नै हाम्रो समाजको भोलिको कर्णधारहरु हुन् भन्ने उक्तिलाई चरितार्थ बनाउन हेतु विभिन्न पाठशालाहरुमा अध्ययनरत् बाल-बालिकाहरुको समग्र बौद्धिक बिकास गर्न अनि आफ्नो साहित्य अनि भाषाप्रति रुची बढाउन झोलुङमा एक कार्यक्रम समपन्न गरियो।सुश्री सिम्पल राई(छोरी), नविन राई (छोरा) अनि बुहारी श्रीमती नुमा राई, इक्सुम भुमाङ राई (नाती) झोलुङ को विशेष प्रायोजनमा हिजो देवराली रङ्गशालामा यो साहित्य-संस्कृति कार्यक्रम भएको थियो।आफ्ना स्व. माता-पिता स्व. देश बा. राई अनि स्व. नन्द राईको स्मरणमा आयोजित सो साहित्य-संस्कृति कार्यक्रम २०२२ मा कार्यक्रमको सभापतिको  आशनमा  सन बा. राई (परिवारको जेष्ठ सदस्य) रहेका थिए। क्षेत्रका विद्यार्थीहरूमा अन्तरनिहित प्रतिभालाई मञ्च प्रदान गर्दै उनीहरूका कलालाई उजागर गर्ने उद्देश्यले विभिन्न विधामा अन्तर विद्यालय प्रतियोगिता राखिएको थियो।यस कार्यक्रमा सम्पन्न प्रतियोगितामा जलढका उच्चत्तर माध्यमिक विद्यालय,गैरीबास उच्चत्तर माध्यमिक विद्यालय,रोंगो उच्चत्तर माध्यमिक विद्यालय,चिसाङ उच्चत्तर माध्यमिक विद्यालय,स्प्रीङ डेल्स एकादमी, गैरीगाउँ, हिमालयन बोर्डिङ स्कूल, तोदे,मिजपा एकाडमी, परेङ,कुमानी पी0डब्ल्यु0डी0 निम्न उच्च माध्यमिक विद्यालय, आदिले भाग लिएका थिए।यस कार्यक्रममा समपन्न प्रतियोगितामा तत्काल वक्तव्य प्रस्तुतिमा कक्षा दसका एकार्थ राईले  प्रथम स्थान हासिल गरे भने  कथा वाचन प्रतियोगितामा जुनियरमा अंश छेत्री दोस्रो स्थानमा आउन सके।यसै गरी कविता वाचन सिनियरमा साईकृति मिजार तेस्रो स्थानमा चयनित बनिन।विद्यार्थीहरुको यो उपलब्धि हर्षित बन्दै शिक्षक प्रभारी सुवास राईले विजयी नानीहरूलाई बधाई अनि शुभकामना दिएका छन् भने नानीहरूलाई तयारी गराउने सहयोगी शिक्षक-शिक्षिकालाई धन्यवाद ज्ञापन गरेका छन्।यसरी नानीहरूलाई मञ्च प्रदान गरिदिएकोमा आयोजक मण्डलीलाई हार्दिक धन्यवाद जनाएका छन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement