हेभेन्ली निर्भाणा पाथले आमश हिलिङ शिविर मेगा आयोजन गर्ने

Untitled-1-copy-50

गान्तोकः हेभेन्ली निर्भाणा पाथ सिक्किमले आगामी २३ अप्रेलदेखि ७ मईसम्म दक्षिण सिक्किमको जोरथाङमा आमश हिलिङ मेगा शिविर आयोजन गर्ने भएको छ। हेभेन्ली निर्भाणाका बाल तपस्वी सदगुरु ओमनन्दको विशेष उपस्थितिमा यो १५ दिनको उपचार शिविर आयोजन गरिने हेभेन्ली निर्भाणा पाथ सिक्किमले जानकारी दिएको छ। बिहिवार गान्तोकमा आयोजित पत्रकार सम्मेलनमा व्यासा नन्द गुरु र हेभेन्ली निर्भाणा पाथ सिक्किमका महासचिव डीएस लिम्बूले जोरथाङमा आयोजन गरिने आमश शिविरको उद्देश्यबारे जानकारी दिए। १५ दिनको निःशूल्क यो शिविरको माध्यमबाट मानिसहरूले प्यारालाइसिस, ग्रास्ट्रिक, मइग्रेन, उच्च रक्तचाप, मधुमेह, युरिक एसिडको समस्या, खाना नपच्ने, पिनास, पायल्स, ढाडको समस्या, नसा सम्बन्धित रोग, कान, नाक र घाँटीको समस्या, मानसिक रोग र थायरड आदिको उपचार गरिने बताइएको छ।

यी सबै रोगको थेरापी उपचार गर्नका लागि कम्तीमा १५ दिनको कोर्स गर्न आवश्यक रहेका कारण उपचार गराउन चाहने मानिसहरूलाई यसका लागि समय मिलाउन आयोजक पक्षले आग्रह गरेको छ। शिविरमा उपचारका लागि उपस्थित हुन चहानेका लागि आयोजक पक्षले शाधारण व्यवस्था मुख्य पणडालमा नै मिलाउने पनि जानकारी दिएको छ। यो उपचार पद्धतीबाट विभिन्न स्थानमा धेरै मानिसहरू विभिन्न रोगबाट मुक्ति भएको पनि दावी गरिएको छ। शिविरमा मानिसहरूको आत्मा, मन र शरीरमा हुनै विभिन्न रोगलाई उपचार गरिने भएका कारण शिविरको नाम नै आमश राखिएको यस प्रकारको शिविर हेभेन्ली निर्वाणा पाथले लगातार आयोजन गर्दै आएको आयोजक पक्षले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement