नयाँ दिल्ली: राष्ट्रपति रामनाथ कोविन्द १३ देखि १५ जूनसम्म कर्नाटक र गोवा यात्रामा रहनेछन्। राष्ट्रपति भवनले आइतवार राष्ट्रपति कोविन्दको कर्नाटक र गोवाको तीन दिवसीय य़ात्राबारे जानकारी साझा गरेको छ। राष्ट्रपतिले १३ जूनमा बेङ्गलुरूको राष्ट्रिय सैन्य स्कूलको प्लेटिनम जुबली समारोहमा भाग लिनेछन्। राष्ट्रपति १४ जूनमा वैकुण्ठ हिल, वसन्तपुरा, बेङ्गलुरूमा श्री राजाधिराज गोविन्दा मन्दिरको लोकर्पण समारोहमा सामेल हुनेछन्। राष्ट्रपति भवनअनुसार १५ जूनमा दिल्ली फर्किनअघि राष्ट्रपति गोवाको नयाँ राजभवनको आधारशिला राख्ने छन्।