मालदामा दुई छुट्टाछुट्टै घटनामा अत्याधुनिक हतियारसहित ३ जना पक्राउ

17841c92-370a-4d9a-b91c-462362afa058

मालदा: पञ्चायत चुनाव हुन अघि, अत्याधुनिक हतियार सहित दुई अवैध हतियार व्यापारीहरू पक्राउ परेका छन्। उनीहरूको साथबाट ४ थान पेस्तोल, ५ थान म्यागजिन र ६ राउण्ड कारतूस बरामद भएको छ । घटना मालदाको कालियाचोक थानाको घरियाली चोक क्षेत्रको हो। यसैबीच कालियाचोकको नारायणपुरमा पेस्तोलसहित एकजना पक्राउ परेका छन् । पुलिसले पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको छ ।पुलिस स्रोतका अनुसार हालिम शेख (१९) र जोनी शेख (२०) नामका दुई हतियार तस्करलाई पुलिसले पक्राउ गरेको छ । पक्राउ परेका दुवै जना कालियाचोक पुलिस चौकी इलाकाका बासिन्दा हुन् । उनीहरुको साथबाट ४ थान सेभेन एमएम पेस्तोल बरामद भएको छ ।साथै ५ म्यागजिन र ६ राउण्ड कारतूस पनि बरामद गरिएको छ । गोप्य सूचनाका आधारमा मालदा कालियाचोक थानाको पुलिस टोलीले घडियालचोक गाउँमा छापा मारेर २ जनालाई भरुवा बन्दुकसहित पक्राउ गरेको र पुलिसको प्रारम्भिक अनुसन्धानमा ती हतियार व्यापारका लागि ल्याईएको बुझिएको छ। अर्कोतर्फ, कालियाचोक पुलिस चौकीको नारायणपुर इलाकामा बन्दुकसहित मुबारक शेख नामका एक व्यक्ति पक्राउ परेका छन् । उनको साथबाट सात एमएमको पेस्तोल बरामद भएको छ । यस कारोबारमा अरु को–को संलग्न छन् भन्ने विषयमा कालियाचोक पुलिस चौकीले अनुसन्धान सुरु गरेको छ । पक्राउ परेकाहरुलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएकोपुलिस उपरीक्षक प्रदीपकुमार यादवले बताए ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement