गान्तोकः सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले राज्यवासीहरूलाई वैशाखी उत्सवको बधाई एवं शुभकामना दिएका छन्। आज जारी आफ्नो सन्देशमा राज्यपालले भनेका छन्, ‘देशका विभिन्न प्रान्तहरूमा भिन्न-भिन्नै नाम र प्रकारले मनाइने वैशाखीको पर्वले जीवनमा खुशी, उल्लास र भाइचाराको सन्देश दिॅंदछ। नयॉं फसलको कटाईसॅंग जोडिएको यो चाड हाम्रो देशको समृद्ध कृषक परम्पराहरू र मिल्दो-जुल्दो संस्कृतिको पनि परिचायक हो।’
राज्यपालले यस अवसरमा राज्यवासीहरूलाई आफ्नो गौरवशाली परम्परा एवं समृद्ध विरासतको संरक्षण र संवर्धन गर्न आह्वान गरेका छन्। उनले समाजका विभिन्न वर्गहरूबीच सम्बन्धलाई बलियो बनाउन, आपसी सौहार्द र साम्प्रदायिक सद्भावलाई बढ़ावा दिन आह्वान गरेका छन्। यो चाडले सबै सिक्किमवासीहरूको जीवनमा अपार उल्लास, सुख-समृद्धि र उन्नति लिएर आओस् भनी राज्यपालले ईश्वरसॅंग कामना गरेका छन्।








