पुलवामा जिल्लामा सुरक्षाबलको कारबाहीमा तीन आतङ्की मारियो

Army-2-copy

नयाँ दिल्ली: पुलवामा जिल्लाको द्रबगाम क्षेत्रमा शनिबार साझँदेखि जारी भिड़न्तमा सुरक्षाबलहरूले आइतबार बिहान लश्कर-ए-तैयबाको तीन आतङ्कीलाई मारेको छ। उनीहरूबाट हतियार र गोला बारूद उद्धार भएको छ। मारिएका आतङ्कीहरूको पहिचान जुनैद शीरगोजरी, फैजल नजीर बट र इरफान अहमद मलिक निवासी पुलवामाको रूपमा गरिएको छ। पुलिसले आइतवार जानकारी गराएको छ, शनिबार पुलवामाको द्रबगाम क्षेत्रमा सूचनाको आधारमा सुरक्षाबलहरूले तलाशी अभियान चलायो। तलाशी अभियानमा शुरू भएको भिड़न्तमा सुरक्षाबलहरूले एक आतङ्कीलाई माऱ्यो। रातभरिदेखि जारी भिड़न्तपछि सुरक्षाबलहरूले आइतवार बिहान अझ् दुई आतङ्कीलाई मारेको छ। अहिले पनि क्षेत्रमा खोजी अभियान जारी छ। कश्मीरका आईजीपी विजय कुमारले यस भिड़न्तको पुष्टि गरेका छन्। उनले भने, ‘पुलवामा भिड़न्तका तीन आतङ्कीलाई मारिएको छ। यिनीहरूदेखि दुई एके-४७ राइफल र एक पिस्तोल उद्धार गरिएको छl’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement