सामाजिक नवजागरणका अग्रदूत थिए बाबा साहेब अम्बेडकरः राज्यपाल

CollageMaker_20233623142767.jpg

गान्तोकः सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले डा. बीआर अम्बेडकर जयन्तीको शुभ उपलक्ष्यमा सिक्किमवासीहरूलाई बधाई एवं शुभकामना दिएका छन्। राज्यपालले आज जारी आफ्नो सन्देशमा भनेका छन्, ‘भारतको संविधानका शिल्पकार, अर्थशास्त्री, राजनीतिज्ञ, महान विभूति, सामाजिक नवजागरणका अग्रदूत बाबा साहेब अम्बेडकर सदैव गरीब र पछौटे समाजको आवाज बने तथा संविधानको माध्यमले भारतीय समाजको दुष्टतालाई समाप्त गरिदिए। देशलाई अगाडि बढ़ाउन सम्पूर्ण समाज एकजुट भएर काम गर्नुपर्ने आवश्यकता छ भन्ने उनको मान्यता थियो। एक समावेशी समाजको निर्माणप्रति डा. अम्बेडकरको अथक प्रयास उनको प्रतिबद्धताको उदाहरण हो।’

उनले अझ भनेका छन्, ‘समता, स्वतन्त्रता र बन्धुतत्व यी तीन एक अर्काका पूरक हुन् भन्ने डा. अम्बेडकरको भनाई थियो। सशक्त राष्ट्र निर्माणको निम्ति यो सिद्धान्तत्रयीलाई जीवन दर्शनको रूपमा स्वीकार गर्नु पर्नेछ।’ उनले बाबा साहेबको राष्ट्रपतिको समर्पणलाई आत्मसात गर्दै उनका पद चिन्हहरूको अनुसरण गर्न र दृढ संकल्पका साथ राज्य अनि राष्ट्रमा समता, न्याय र विश्व बन्धुतत्वको भावनालाई पल्लवित गरौं भनी आह्वान गरेका छन्। साथै एउटा यस्तो समाजको निर्माण गरौं भनी आह्वान गरेका छन् जुन भेदभाव र अन्यायबाट मुक्त होस् र समाजको अन्तिम पंक्तिमा उभिएका व्यक्तिसम्म पनि समान अवसर र अधिकार होस्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement