सिलगढ़ीः देशका युवाहरूलाई सीधा सरकारी नौकरी दिनका लागि केन्द्रको पहलमा वर्ष २०२२ देखि रोजगार मेला शुरू गरिएको छ। बिहीवार देशका अन्य राज्यहरूका साथै सिलगढ़ीमा पनि यस रोजगार मेलाको आयोजन गरियो।
मेलाको आयोजना एनजेपी वीआईपी गेस्ट हाउसमा गरियो। जहाँ केन्द्रिय गृह राज्य मन्त्री निशीथ प्रमाणिक, सांसद जयन्त राय, भाजपा विधायक शिखा चटर्जी, शंकर घोषको उपस्थितिमा २५६ युवक-युवतिलाई नियुक्ति पत्र सुम्पियो। यस अवसरमा केन्द्रिय मन्त्री निशीथ प्रमाणिकले भने, प्रदेशमा कुनै क्षेत्रमा अहिले रोजगार छैन। प्रदेशमा उद्योग धन्धा चौपट भएको छ। राज्य सरकारले बेरोजगार युवाहरूको हितमा केन्द्र जस्तो पहल गर्नुपर्छ।











