कुचबिहार: पञ्चायत चुनाव नजिकिँदै गर्दा विभिन्न क्षेत्रमा तृणमूल गुटहरूबीच फेरि झडप सुरु भएको छ। दिनहाटाको शुकारुरकुठी ग्राम पञ्चायत क्षेत्रमा तृणमूल कङग्रेसका दुई गुटबीच झडप हुँदा तनाव सृष्टि भएको छ। तृणमूल कङ्ग्रेसका कार्यकर्ताहरूको समूहमा भएको आक्रमणको आरोप तृणमूल कङ्ग्रेस शुकारुरकुठी ग्राम पञ्चायतका क्षेत्रीय अध्यक्ष दीपक सेनको समर्थकहरूले लगाएका छन्। दिनहाटाको शुकारुरकुठी ग्राम पञ्चायतका स्थानीय पञ्चायत सदस्य विष्णु सरकार र क्षेत्रीय अध्यक्ष दीपक सेनबीच लामो समयदेखि आपसी शत्रुता चल्दै आएको छ। बिहीबार बिहान शुकारुरकुठी बजार क्षेत्रमा गएका विष्णु सरकारका समर्थकहरूलाई दीपक सेनका समर्थकहरूले आक्रमण गरेको आरोप छ। उक्त हमलामा तीन तृणमूल कार्यकर्ता दीपक सरकार, रफिकुल इस्लाम र हरि बर्मन गम्भीर घाइते भएका छन् ।घाइतेहरूलाई दिनहाटा डिभिजनल अस्पतालमा ल्याउँदा दिपक सरकारको अवस्था गम्भीर रहेको र उनलाई कुचबिहार मेडिकल कलेजमा रेफर गरिएको छ।









