सिलगढी: सिलगढीमा डीवाईएफआई को उत्तरकन्या अभियानलाई केन्द्र गरेर उतप्तको माहौल देखापर्यो। पुलिसलाई लक्ष्य गरेर ढुङ्गा-मुडा गरेको आन्दोलनकारीविरुद्ध अभियोग उठेको छ। परिस्थति नियन्त्रणमा ल्याउनको लागि पुलिसले आँसु ग्यास छोड्यो डीवाईएफआईका राज्य सचिव मीनाक्षी मुखर्जी लगायत केही प्रदर्शनकारीहरूलाई पुलिसले हिरासतमा लिएको छ। घटनाक्रम अनुसार डीवाईएफआई-ले राज्यमा नियुक्तिमा भइरहेको भ्रष्टाचारको विरोध लगायत रिक्त पदहरूमा नियुक्ति गरिनुपर्नु माग गर्दै आज उत्तरकन्या अभियानको आह्वान गरेको थियो। रेलीमा वामपन्थी युवा संगठन डीवाईएफआई- का राज्य सचिव मीनाक्षी मुखर्जी लगायत हजारौंको संख्यामा नेता तथा कार्यकर्ताहरू सामेल थिए। यस रेली सिलगढीको तीनबत्ती मोड़ पुग्नसाथ पुसिले ब्यारिकेड लगाएर रेलीलाई रोकिदिँदा पुलिस र प्रदर्शनकारीहरूमाझ हातापाई भयो। प्रदर्शनकारीहरूले पुलिसमाथि ढुङ्गाले प्रहार गरेपछि पुलिसले परिस्थिति नियन्त्रणमा ल्याउनको लागि आँसु ग्यास छोडेको बताइएको छ।










