भागोप्रमो २८ नम्बर समष्टिको प्रार्थी श्याम शेर्पाद्वारा घर दैलो गएर जनताको समस्याहरू बुझ्दै चुनाव प्रचार

IMG-20220612-WA0114.jpg

खरसाङ: आगामी जीटीए चुनावमा खरसाङको २८ नम्बर समष्टि खरसाङ देवराली समष्टिबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थी श्याम शेर्पाले आफ्नो चुनावी प्रचार कार्यलाई लगातार रुपमा अघि लगिरहेका छन्। उनले खरसाङ देवराली समष्टिको विभिन्न क्षेत्रहरूमा गएर चुनाव प्रचार गरिरहेका छन्। यसै क्रममा श्याम शेर्पाले आज आफ्नो चुनावी प्रचार कार्यलाई खरसाङको तीन माइल बस्तीबाट शुरु गरेका थिए। यसै क्रममा उनले तीन माइल बस्तीको सार्वजनिक भवनमा सम्पन्न चुनावी सभालाई सम्बोधन गरेका थिए। उक्त स्थानमा स्थानीयहरूले राखेका विभिन्न समस्याहरूलाई बुझेका थिए। त्यसरी नै उनले चिमनी देवरालीको सिमानाटारस्थित सार्वजनिक भवनमा सम्पन्न चुनावी सभालाई पनि सम्बोधन गरेका थिए। योभन्दा अघि उनले चिमनी देवराली एसोसिएशन फर टुरिज्म कन्जरभेशनका सदस्यहरूलाई उनीहरूकै कार्यालयमा पुगेर भेटघाट गरेका थिए। यसावधि उनलाई एसोसिएशनको तर्फबाट स्वागत जनाउँदै चिमनी देवराली क्षेत्रमा पर्टयन व्यवसायलाई प्रोत्साहन गरिदिने निवेदन राखेका थिए जसलाई सहयोग गर्ने प्रार्थी श्याम शेर्पाले आश्वासन दिएका छन्। त्यसरी नै प्रार्थी श्याम शेर्पाले सिमानाटारमा पुगेर चुनावी सभामा भाग लिए। उक्त स्थानमा रहेका स्थानीयहरूलाई लिएर वरिष्ठ नागरिक साङडुप भोटियाको अध्यक्षता र संगीता राईको सञ्चालनमा उक्त चुनावी सभा सम्पन्न भएको छ। उक्त चुनावी सभालाई खरसाङ देवराली समष्टिका नारी शक्तिका सुष्मा कार्की, सांगठनिक सचिव ललिता राई, खरसाङ टाउन कमिटीको सचिव सूर्यकमल छेत्री, दिपेस थापा, प्रार्थी श्याम शेर्पा लगायत अन्यहरूले पनि सम्बोधन गरेका थिए। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै खरसाङ देवराली समष्टिका उम्मेद्वार श्याम शेर्पाले आज मैले आफ्नो समष्टीमा घर दैलोमा गएर जनताको समस्याहरू नजिकबाट बुझ्ने प्रयास गरे अनि अब मेरो जिम्मावारी हो जीटीए सभामा गएर जनताको समस्याहरू राख्नु भनी बताएका छन्। उनले म विशेष यस समष्टीको हरेक दु:ख सुखमा साथ रहेकोले म यसपाली भारी मतले बिजय हुनेछु भनी आशा व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement