कुचबिहार: सर्वोच्च अदालतले केन्द्रीय गृह राज्यमन्त्री निशिथ प्रामाणिकको काफिलामा भएको आक्रमणको सीबीआई जाँच गर्ने मागलाई अस्वीकार गरेको छ। यो मुद्दा कलकत्ता उच्च अदालतबाट फिर्ता भएको छ। बिहीबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश डीवाई चन्द्रचुडको इजलासमा मुद्दाको सुनुवाइ भएको थियो ।निशिथ प्रामानिकको गाडीमा भएको आक्रमण र गाडी तोडफोड गरेको अभियोगमा अहिलेसम्म कतिवटा मुद्दा दर्ता भएका छन् भन्ने विवरण आज अदालतमा पेश गरिएको थिय। सर्वोच्चले घटनाको छानबिन तत्कालका लागि राज्य पुलिसलाई गर्ने आदेश दिएको छ। स्मरण रहोस ,तत्कालीन प्रधानन्यायाधीश प्रकाश श्रीवास्तवको नेतृत्वमा रहेको कलकत्ता उच्च अदालतको डिभिजन बेन्चले यस विषयमा सीबीआईलाई छानबिन गर्न आदेश दिएको थियो। उक्त आदेशलाई राज्यको तर्फबाट सर्वोच्च अदालतमा चुनौती दिइएको थियो। फरवरी २५ मा केन्द्रीय मन्त्री निशिथ प्रामाणिकको गाडीमा हमला भएको आरोप लागेको थियो। तृणमूलमाथि आक्रमणको आरोप लगाउँदै विधानसभामा विपक्षी दलका नेता शुभेन्दु अधिकारीले उच्च अदालत पुगेका थिए। उनले घटनाको सीबीआई छानबिन गर्न माग गरेका थिए। यस घटनामा राज्य सरकारको कथन थियो कि यो तृणमूल समर्थकहरूले नभई बीजेपी समर्थकहरूले उक्साएको घटना थियो। जसका कारण झगडाको अवस्था सिर्जना भएको थियो। उक्त मुद्दामा उच्च अदालतले घटनाको पछाडि कुनै गहिरो षड्यन्त्र छ कि छैन भनेर छानबिन गर्न आदेश दिएको थियो। उच्च अदालतको यो आदेशलाई सर्वोच्च अदालतले खारेज गरेको छ।









