जलपाइगढी: जलपाइगढी टाउन क्लब मैदानमा ८ अप्रेलदेखि १२ अप्रेलसम्म भएको पहिलो एमपी कप फुटबल प्रतियोगितामा राजगञ्जको टोली च्याम्पियन बन्यो। बुधबार दिउँसो भएको प्रतियोगिताको फाइनल खेलमा जलपाइगढीलाई ३–१ गोल अन्तरले पराजित गर्दै राजगञ्ज च्याम्पियन बनेको हो। फाइनल खेल हेर्न जलपाइगढी टाउन क्लब मैदानमा ठूलो भीड देखिएको थियो। खेल हेर्न मैदानमा सांसद डा जयंत कुमार राय लगायत बीएसएफका विभिन्न अधिकारीहरू उपस्थित थिए। पहिलो एमपी कप खेल प्रतियोगितामा भलिबल र फुटबल दुवै खेलमाँ प्रतिस्पर्धा राखिएको थियो। मिलन संघ मैदानमा भलिबलको आयोजना गरिएको थियो ।त्यहाँ जलपाइगढी च्याम्पियन बन्यो। बुधबार फाइनल फुटबल खेल भएको थियो। फाइनलमा राजगञ्जको टोलीले जलपाइगढीसँग प्रतिस्पर्धा गर्नुपरेको थियो। राजगञ्जले जलपाइगढीलाई ३–१ ले हरायो। ८ अप्रेलदेखि १२ अप्रेलसम्म पाँच दिनको लागि जलपाइगढीमा आयोजित यो प्रतियोगिता आफैमा छुट्टै प्रकारको पहिलो प्रतियोगिता थियो। यसका लागि नगरका खेलप्रेमीहरूले सांसद जयन्त राईलाई धन्यवाद दिएका छन्।









