ब्लकमा सेकेन्ड टपर बनेकी सृष्टी बसुमतालाई आदिम जनजाति एक्य मञ्चको पक्षबाट बधाई ज्ञापन

IMG-20220612-WA0113.jpg

कालचिनी। उच्च माध्यमिक परीक्षाफलमा कालचिनी ब्लकको यूनियन एकाडेमीका बोड़ो मेच जनजातिको सृष्टी बसुमताले ४७६ अङ्क हासिल गरेर ब्लकमा सेकेन्ड टपर बन्न पुगेकीमा तिनलाई आज घरमा पुगेर आदिम जनजाति एक्य मञ्चको पक्षबाट शुभकामना बधाई प्रदान गर्दै खदा पहिराएर सम्मान जनाएको आदिम जनजाति एक्य मञ्चको सभापति विनय नार्जीनारीले जनाएका छन।
बोड़ो मेच जनजातिमा यसरी बाङ्गला ‌माध्यममा पढ़ेकी सृष्टी बसुमताले ४७६ अङ्क हासिल गरेर सेकेन्ड टपर बन्न पुगेकीमा आज तिनलाई सम्वर्द्धना प्रदान गरिएको विनय नार्जीनारीले जनाएका छन।
घरदेखि यत्रो टाढ़ा साइकलमा पढ़न जान पर्ने बाध्यतामा पनि सृष्टी बसुमताले राम्रो परिणाम ल्याएकीमा आगामी भविष्यमा तिनले अझै राम्रो सुनाम गरोस र परिवार जाति र राज्यको नाम उच्च राख्न सकोस भनि शुभकामना दिएको विनय नार्जीनारीले जनाएका छन।

About Author

Advertisement