हरभजनको नजरमा बटलर नम्बर एक ब्याटर

IMG-20230413-WA0207.jpg

१३ अप्रेलः भारतका पूर्व अफ् स्पिनर हरभजन सिंहले राजस्थान रोयल्सका ओपनिंग ब्याटर जोस बटलरको भरपूर प्रशंसा गर्दै उनलाई विश्वका नम्बर एक ब्याटर बताए। ईंग्ल्याण्डका यस खेलाड़ीले चेन्नई सुपर किंग्स विरुद्ध बुधवार राति आईपीएलको म्याचमा स्पिनको अनुकूल पीचमा टीमको निम्ति म्याच जिताउने ईनिंग्स खेलेका थिए। रोयल्सले असाधारण प्रदर्शन गर्दै २००८ पछि एमए चिदम्बरम स्टेडियममा आफ्नो पहिलो जीत हासिल गऱ्यो। अन्तिम ओभरको अन्तिम बलसम्म चलेको लड़ाइँमा रोयल्सले चेन्नईको टीमलाई ३ रनले पराजित गऱ्यो। म्याचमा पहिला ब्याटिंग गर्दै रोयल्सले २० ओभरमा ८ विकेट गुमाएर १७५ रन बनायो। यसमा बटलरले ५२ रन (३६ बल)-को योगदान दिए। आफ्नो अर्द्धशतकको गोरेटोमा बटलरले आईपीएलमा आफ्नो ३००० रन पनि पूरा गरे। बटलरको प्रदर्शनबारे हरभजन सिंहले भने, जोस बटलरको प्रशंसा गर्नको निम्ति मसँग भएको शब्दहरू कम्ती हुनेछ। उनी एकजना उचित ब्याटर हुन्। उनले क्रीजको पूर्णताको साथ उपयोग गर्छन् अनि उनीसँग असल तक्निक रहेको छ। उनले असल फूटवर्कको साथ पेस र स्पिनर आक्रमण विरुद्ध आरामसँग रन बनाइरहेका छन्। मेरो निम्ति त उनी अहिले विश्वका नम्बर एक ब्याटर हुन्। चारवटा म्याचमा आफ्नो तेस्रो जीतको साथ राजस्थान रोयल्स असल नेट रन रेटको आधारमा आईपीएल टेबलको शीर्ष स्थानमा पुगेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement