तीन वटा बाटोको निर्माण कार्य आजदेखि श्रीगणेश

photocollage_2023413163144664.jpg

मङ्पु: मङ्पु लाब्दा समष्टिमा तीन वटा बाटोको निर्माण कार्य आज बिहिबारदेखि एकै साथमा आरम्भ गरिएको छ क्षेत्रीय सभासद रतन कुमार थापाको प्रमुख उपस्थितिमा सो कार्यको शुभारम्भ गरियो।विभाग अन्तर्गत पर्ने यहाँको कामी डाँडादेखि धारे गोदाम सम्मको बाटो अनि लाब्दा विभाग अन्तर्गत ७४ धुराको बाटो निर्माणको मांग धेरै अघिदेखि त्यहाँका मानिसहरूले गर्दै आइरहेका थिए भने आज आएर मानिसहरूको दीर्घकालिन सपना पुरा भएको छ। यस महत कार्यको निम्ति गाउँवासीले क्षेत्रीय सभासद रतन कुमार थापा, जीटीए प्रमुख कार्यपाल अनित थापा साथै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा मड्पु लाब्दा समष्टिप्रति आभार व्यक्त गरेका छन्।
स्मरण रहोस, गत २ अप्रेल २०२३ को दिन जीटीए प्रमुख कार्यपाल अनित थापाको उपस्थितिमा लाब्दा बस्तीको धुपी डाँडादेखि बोर्दाङ सम्मको बाटो रिपेयरिङ्गको शिलान्यास गरिएको थियो भने आजदेखि यस काम पनि शुरू गरिएको छ। यस अवसरमा सभासद रतन कुमार थापाले भने, काम राम्रो हुनु पर्छ, क्वालिटीको हुनु पर्छ। यसको निम्ति ठेकेदार साथै सम्बन्धित विभागका इञ्जिनियरलाई अनुरोध गर्नको साथै गाउँवासीले पनि यस कामको निम्ति सहयोग गरिदिने तिनले अपिल गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement