प्रधानमन्त्री नरेन्द्र मोदीले साझा गरे मर्मस्पर्शी पत्र

प्रधानमन्त्री नरेन्द्र मोदीl फाइल फोटो

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ट्वीटको माध्यमबाट अत्यन्तै मर्मस्पर्शी पत्र साझा गरेका छन्। उक्त पत्र एउटा घरमा खाना पकाउने काम गर्ने महिलाले लेखेकी थिइन् जसमा महिलाले प्रधानमन्त्री आवासयोजना अन्तर्गत घर पाएकोमा आफ्ना खुशीहरू साझा गर्दै प्रधानमन्त्रीलाई आशीर्वाद दिएकी छन्। प्रधानमन्त्रीले पत्र साझा गर्दै लेखेका छन्, ‘यही आशीर्वाद उनको अपार शक्तिको श्रोत होl’ प्रधानमन्त्री मोदीले आफ्नो ट्वीटमा लेखेका छन्, उनी प्रसार भारतीका पूर्व बोर्ड सदस्य सी.आर केसवनसित भेट गर्न उनको नयाँ दिल्लीस्थित आवासमा गएका थिए। केसवनले एन सुब्बुलक्ष्मी नामक महिलाले लेखेकी पत्रलाई प्रधानमन्त्री मोदीसित साझा गरे। केसवनले बताए, सुब्बुलक्ष्मी उनको घरमा खाना पकाउने काम गर्दछन् जो मदुरैका वासिन्दा हुन्। तमिल भाषामा लिखित पत्रको भाव केसवनले उलाई पढ़एर सुनाए।

प्रधानमन्त्रीले लेखेका छन्, ‘मदुरै निवासी एन. सुब्बुलक्ष्मी जीलाई वित्तीय समस्याहरूसहित धेरैवटा चुनौतीहरूको सामना गर्नुपऱ्यो। तिनले पीएम आवास योजनाअन्तर्गत घरको लागि आवेदन गरेकी थिइन्। घर प्राप्त भएपछि तिनले केसवन जीसित प्रसन्नता व्यक्त गर्दै एउटा पत्र लेखिन्। पत्रमा तिनले आफ्नो घर हुँदाको खुशी व्यक्त गर्दै घरको कारणले जीवनमा सम्मानसँगसँगै गरिमा पनि प्राप्त भएको क्षण बारे उल्लेख गरेकी छन्। तिनले आफ्नो घरका तस्वीरहरू पनि साझा गरेकी छन्। साथै पीएम आवास योजनाप्रति आभार व्यक्त गर्दै मलाई आशीर्वाद पनि दिएकी छन्। पीएम मोदी अझ लेख्छन्, ‘यो यस्तो आशीर्वाद हो जुन अपार शक्तिको स्रोत होl’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement