विश्व बालश्रम विरोधी दिवस पालन

IMG-20220612-WA0112.jpg

कालचिनी। आज कालचिनी खण्डको अलिपुरद्वार २ नम्बर ब्लक सीमान्त गाउँ पानबारी गाउँमा स्थानीय ग्राम शिशु सुरक्षा समितिको आयोजना र चाइल्ड इन नीड इन्स्टीट्यूट सिनिको सहयोगितामा विश्व बालश्रम विरोधी दिवस पालन गरिएको जानकारी सिनि कुमारग्राम ब्लक कोर्डिनेटर असित सिकदारले दिएका छन।
आज उक्त अवसरमा तुरतुरी ग्राम पञ्चायतको उपप्रधान विश्वजीत केरकेट्टा लगायत क्षेत्रको समाजसेवी लुईस कुजूर, रिना देवी मगर, योल्मो प्रधान, अजय लिम्बु स्थानीय शिक्षक बाबुलाल मरान्डी एवम् सिनि प्रतिनिधि असित सिकदार एवम् अन्यान्यको उपस्थिति रहेको थियो। कार्यक्रममा बालश्रम, बाल तस्करी, बाल विवाह रोकथाममाथि सचेतना गरिएको र पानबारी गाउँलाई बालश्रम, बाल विवाह र बाल तस्करी निरोधक गाउँ बनाउन उपस्थित सबैले वाचा गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement