भाजपा नेता कैलाश विजयवर्गीयमाथि मामिला दर्ता गर्ने याचिकामा २१ अप्रेलमा सुनवाई

kailash-vijaywargiy.webp

नयाँ दिल्ली: सुप्रिम कोर्टले महिलाहरूको पहिरनलाई लिएर विवादाति बयान मामिलामा भाजपा नेता कैलाश विजयवर्गीयमाथि मामिला दर्ता गर्ने याचिकामा २१ अप्रेलमा सुनवाई हुनेछ । आज यस मामिलालाई चीफ जस्टिस डीवाई चन्द्रचूडको अध्यक्षता रहेको बेञ्च सामू मेन्शन गरियो, जसपछि कोर्टले २१ अप्रेलमा सुनवाईको आदेश दियो। याचिकाकर्ता अन्जलि पेटलले विजयवर्गीयको बयानको समर्थन गरेको कारण मन्त्री उषा ठाकुर विरुद्ध पनि एफआईआर दर्ता गर्ने माग गरेकी छन्। अन्जलि पटेलले महिलाको गरिमालाई आघात पुऱ्याइएको धारा (भारतीय दण्ड संहिताको धारा ३५४) मा एफआईआर दर्ता गर्ने माग गरेकी छन्। वस्तुतः कैलाश विजयवर्गीयले इन्दौरमा युवतीहरूको लुगामाथि प्रश्न चिह्न खड़ा गर्दै भनेका थिए, केटीहरूले राम्रो लुगा लगाउनुपर्छ अन्यथा उनीहरू शूर्पनाख सरह देखिन्छन्। उनले यो बयान हनुमान जयन्तीमा जैन समाजको एक कार्यक्रममा दिएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement