कोलकाता: राजधानी कोलकाताको तिलजला क्षेत्रमा एक प्रिन्टिङ कारखानामा बिहीवार बिहान आगो लाग्दा पिता र पुत्रको जलेर मृत्यु भएको छ। मृतकहरूको पहिचान मोहम्मद जसीम र मोहम्मद जमीरको रूपमा गरिएको छ। जसीमको अझ एक छोरा आगोमा पर्दा उसको स्थिति गम्भीर छ। उसलाई चितरन्जन नेशनल मेडिकल कलेज अस्पतालमा भर्ती गराइएको छ। अग्निशमन विभागको तर्फबाट जारी एक बयान अनुसार, दुई घण्टाको अथक प्रयासपछि आगो निभाइयो। यद्यपि, अहिले कुलिङको काम चलिरहेछ। त्यही, स्थानीय मानिसहरूको आरोप छ, आगो लागेको सूचना पाएको निक्कै बेरपछि अग्निशमन कर्मी घटनास्थलमा पुगे, जसले गर्दा आगो फैलियो औं दुई जनाको मत्यु भएको छ। बिहान लगभग ६.३० बजी आगो लागेको थियो, जसपछि पूरा क्षेत्रमा अफरातफरी मचियो यस कारखानामा जुत्तामा प्रिन्टिङको काम हुन्छ। राति मोहम्मद जसीम आफ्ना दुई छारोको साथ यहाँ काम गर्नका लागि रोकिएका थिए। काम समाप्त भएपछि यी तीनै यहाँ सुते यद्यपि, बिहान जब आगो लाग्यो, यहाँ भारी मात्रामा ज्वलनशील समानहरूको राखिएको कारण आगो तीव्र गतिमा फैलियो, जसले गर्दा यिनीहरूले भाग्ने अवसर नै पाएनन् औं तीनै जना आगोमा परे।
शुरूआतमा स्थानीय मानिसहरूले नै आगो निभाउने काम शुरू गरे। घटनास्थलमा पुलिस टीम पनि पुगेको थियो। जब आगो निभाइयो, तब दुई जनाको शव उद्धार गरियो औं तेस्रो युवक जलेको स्थितिमा छटपटाईरहेको थियो। तीनैलाई अस्पतालमा लगियो, चिकित्सकहरूले दुई जनालाई मृत घोषित गरे जबकि एकलाई भर्ती गरी उपचार चलिरहेछ।









