कालचिनी। शनिबार राती मुसलधारे पानी परिरहेकोबीच बक्सा जङ्गलबाट निस्किएको जङ्गली हात्तीले निमती दोमोहनी गाउँमा पसेर एकजना बासिन्दा गौराङ्ग बर्मनको कठहरको रुख ढालेर किचन घर भत्काईएको पीड़ित स्वयंले बताएका छन।
यसरी नै दलसिंहपाड़ा स्टेशन लाईनमा पसेको एक्ले हात्तीले मानिक दास र गोपाल चौधरीको घर भत्काएर रासन सामग्री सबै खाईदिएको जान्नमा आएको छ।
हात्तीको उत्पात सम्बन्धमा बन विभागलाई जानकारी दिँदा पनि बनकर्मीहरु मदतको निम्ति नआएको र कुनै प्रकारको क्षतिपूर्ति ठीकसित नपाएको पीड़ित बासिन्दाहरुले जनाएका छन।