१३ अप्रेलः चौथो वरीयता प्राप्त कास्पर रुडले क्ले कोर्टमा आफ्नो जीतको क्रमलाई नौ म्याचसम्म पुऱ्याउँदै मोनाकोमा जारी मोण्टे कार्लो मास्टर्स टेनिस टुर्नामेण्टको तेस्रो राउण्डमा प्रवेश गरे। फ्रेञ्च ओपन २०२२-मा उपविजेता रहने रुडले रोमाञ्चक म्याचमा बोटिक वेन डि जेण्डशुल्पलाई सीधा सेटमा ७-५, ७-६-ले पराजित गरे। दोस्रो सेटमा एक सेट पोइण्ट बचाउने कास्पर रुडले तेस्रो राउण्डमा यान लेनार्ड स्ट्रूफको चुनौती स्वीकार्नेछन्, जसले १४औं वरीयता प्राप्त एलेक्स डी मिनोरलाई सजिलैसँग ६-३, ६-२-ले पराजित गरे। सातौं वरीयता प्राप्त यानिक सिनर, १३औं वरीयता प्राप्त एलेक्जेण्डर ज्वेरेव र १६औं वरीयता प्राप्त लोरेञ्जो मुसेटी पनि तेस्रो राउण्डमा स्थान बनाउन सफल रहे।









