सञ्जु सेमसनमाथि १२ लाख रुपियाँको जरिमाना

IMG-20230413-WA0175.jpg

१३ अप्रेलः राजस्थान रोयल्सका कप्तान सञ्जु सेमसनमाथि चेन्नई सुपर किंग्स विरुद्ध इण्डियन प्रीमियर लीग (आईपीएल) २०२३-को म्याचमा धीमा ओवर रेटको निम्ति १२ लाख रुपियाँको जरिमाना लगाइयो। आईपीएलमा धीमा ओवर रेटलाई ठूरो मुद्दा मानिन्छ कारण अधिकांश म्याच नै चार घण्टाभन्दा अधिक समयसम्म चलिरहेको छ। आईपीएलद्वारा जारी बयानमा भनिएको छ, यो टीमको आईपीएल आचार संहिताअन्तर्गत धीमा ओवर रेटसँग सम्बन्धित पहिलो अपराध हो। यसैकारण कप्तान सञ्जु सेमसनमाथि १२ लाख रुपियाँको जरिमाना लगाइएको छ। उल्लेखनीय छ, बुधवार राति अन्तिम बलसम्म चलेको रोमाञ्चक म्याचमा राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई ३ रनले पराजित गऱ्यो। गत सालको फाइनलिस्ट रोयल्सको चारवटा म्याचमा यो तेस्रो जीत हो। यसरी नै एमएस धोनीको कप्तानीमा रहने चेन्नई सुपर किंग्सले यस सीजनमा दोस्रोपल्ट हारको सामना गर्नु पऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement