यूएफा च्याम्पियन्स लीगःनापोली विरुद्ध एसी मिलानको रोमाञ्चक जीत

IMG-20230413-WA0162.jpg

१३ अप्रेलः यूएफा च्याम्पियन्स लीग फूटबलको क्वार्टर फाइनल राउण्डअन्तर्गत पहिलो लेगको म्याचमा एसी मिलानले नापोली विरुद्ध रोमाञ्चक जीत हासिल गऱ्यो। इटलीको दुई टीमबीच बुधवार राति खेलिएको म्याचमा एसी मिलानले नापोलीलाई १-०-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्ड सान सिरोमा ४६ प्रतिशत पोजेशनको साथ खेल्ने एसी मिलानबाट इस्माएल बेनासेरले ४०औं मिनटमा गोल गरे। इटालियन सेरि ए फूटबलमा शीर्ष स्थानमा रहने नापोलीले म्याचको दुवै हाफमा आक्रामक फूटबल खेले पनि गोल गर्न सकेन।

म्याचको ७४औं मिनटमा नापोलीका मीडफिल्डर एण्ड्रे-फ्रेंक जाम्बो एंगुइस्सालाई नचाहिँदो फाउलको निम्ति दोस्रो यल्लोसहित रेड कार्ड देखाइयो। दशजना खेलाड़ीमा सीमित भएपछि नापोलीले रहल समयमा अधिक चुनौती पेश गर्न सकेन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement