चुनाव जितेको खण्डमा ट्रक चालकहरूको मांग पूरा गरिदिने अनित थापाको आश्वासान

IMG-20220612-WA0110.jpg

खरसाङ: दार्जिलिङ ट्रक ड्राइभर एसोसिएशन र दार्जिलिङ जिल्ला ट्रक मालिक एसोसिएशनले यसपालीको जीटीए चुनावमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई समर्थन गर्ने भएको छ। आज खरसाङको नयाँ बजारस्थित सार्वजनिक भवनमा दार्जिलिङ जिल्ला ट्रक मालिक एसोसिएशन र दार्जिलिङ ट्रक ड्राइभर एसोसिएशनको संयुक्त सभा सम्पन्न भएको छ। उक्त सभामा प्रमुख अतिथिको रुपमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापा उपस्थित रहेका थिए। यसै सभामा दुवै संगठनले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई समर्थन गर्ने निर्णय गरेका छन्। उक्त सभा दार्जिलिङ ट्रक ड्राइभर एसोसिएशन र मालिक एसोसिएशनको विभिन्न समस्याहरूको समाधान गर्नलाई सभा गरिएको थियो भने यसै सभामा ट्रक चालकहरू र ट्रक मालिकहरूको विभिन्न समस्याहरूको समाधानको लागि जीटीए चुनावमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चालाई सघाउने निर्णय गरेका छन्। दार्जिलिङ ट्रक जिल्ला मालिक एसोसिएशनको सभापति मन्ना त्रिखत्रीको अध्यक्षता र अर्जुन राईको सञ्चालनमा सम्पन्न सभामा दार्जिलिङ जिल्ला ट्रक मालिक एसोसिएशनको पक्षबाट महासचिव पवन बस्नेत र दार्जिलिङ ट्रक ड्राइभर एसोसिएशनको पक्षबाट महासचिव चन्दन छेत्रीले सम्बोधन गरेका थिए। दुवैले ट्रक मालिक एसोसिएशन र ट्रक चालकहरूको पक्षमा विभिन्न मांगहरू राखेका थिए। दुवैले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापा समक्ष चालकहरू र मालिकहरूको पक्षमा विभिन्न मांगहरू राखेका थिए। सभामा दार्जिलिङ जिल्ला ट्रक मालिक एसोसिएशनको पक्षबाट मन्ना त्रिखत्री र महासचिव पवन बस्नेत र दार्जिलिङ ट्रक ड्राइभर एसोसिएशनको पक्षबाट महासचिव चन्दन छेत्रीले सम्बोधन गर्दै ट्रक चालकहरूले सदैव ट्याक्स तिरे पनि पुलिसको झन्झट हुने गरेको र यसबाट छुटकारा पाउनु पर्ने, दार्जिलिङ जिल्ला ट्रक चालकहरूको लागि सिलगढीदेखि खरसाङ, सोनादा र दार्जिलिङमा पार्किङके लागि ट्रक स्याण्ड बनाईदिनु पर्ने कोरोना महामारीको समय ट्रक चालकहरू पनि कोरोना योध्दा भनेर चालकहरूको लागि इन्सुरेन्स गर्ने गरे पनि नभएको र यसको लागि पहल गरिदिनु पर्ने साथै चालकहरूले कसैको दवाबमा नआईकन गाड़ी कुदाउनु पाउनु पर्ने जस्ता मांगहरू राखेका थिए। पछिबाट भागोप्रमो अध्यक्ष अनित थापाद्वारा ट्रक चालकहरूको मांगलाई चुनाव जितेको खण्डमा पुरा गरिदिने आश्वासन दिएका छन्।
अनित थापाले ट्रक मालिक र चालकहरुलाई सम्बोधन गर्दै मलाई पहाड़मा पाँच वर्ष मौका दिएको खण्डमा म ठूलो कुरा गर्छु त भन्दिन तर पहाड़लाई सुव्यवस्थित पहाड़ बनाउनेछु भनी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापाले बताएका छन्। उनले खरसाङमा दार्जिलिङ जिल्ला ट्रक मालिक एसोसिएशन र ट्रक ड्राइभर एसोसिएशनले समर्थन जनाएको सभामा प्रमुख अतिथिको रुपमा बोल्दै उक्त कुरा बताएका हुन्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष अनित थापाले दार्जिलिङ जिल्ला ट्रक मालिक एसोसिएशन र ट्रक चालक एसोसिएशनको समस्याहरू बुझेर सम्बोधन गर्दै सरकारसित मिलेन भने तपाईहरूको समस्या समाधान गर्न कठिनाई हुन्छ भन्दै यसपालीको चुनावमा जितेर गएको खण्डमा ट्रक मालिकहरू र चालकहरूको टिमलाई लिएर सर्वे गरी सिलगढीदेखि दार्जिलिङसम्म कता हुन्छ ३ कि त २ वटा पार्किङ स्थल बनाउनेछौं, ट्रान्सफर विभागसित मिलेर सबै सर्वे गराएर चालकहरूको सुविधाको लागि पक्का पार्किङ स्थल बनाउनेछौं भनी बताएका छन्। थापाले ट्रक मालिक र कन्ट्रयाक्टरहरूको सभा बोलाएर निर्णय गराई कुनै पनि कन्ट्रयाक्टरको गाड़ी कुद्नु हुँदैन भनी बताउँदै कि कन्ट्रयाक्टरको काम कि त गाड़ी किनेर गाड़ी हाल्नु भनी बताएका छन्। थापाले ट्रक चालकहरू सबैको सुविधाको लागि कुनै एउटा ठाउँमा एउटा रेस्ट हाउस निर्माण गरिदिनेछु भनी बताएका छन्। यसको साथै ट्रक चालकहरूको मांग अनुसार एउटा एम्बुलेन्स दिने आश्वासन दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement