१३ अप्रेलः यूएफा च्याम्पियन्स लीग फूटबलको क्वार्टर फाइनल राउण्डअन्तर्गत पहिलो लेगमा रियल म्याड्रिडले चेल्सीलाई परास्त गरी सेमिफाइनलमा पुग्ने सम्भावनालाई दह्रिलो बनायो। बुधवार राति खेलिएको पहिलो लेगको म्याचमा स्पेनिश क्लब रियल म्याड्रिडले दशजना खेलाड़ीमा सीमित चेल्सीलाई २-०-ले पराजित गऱ्यो। गत सीजनको च्याम्पियन रियल म्याड्रिडले आफ्नो होम ग्राउण्ड सेण्टियागो बर्नब्यू स्टेडियममा ५७ प्रतिशत पोजेशनको साथ खेल्दै प्रीमियर लीग क्लबमाथि दबाउ बनायो। म्याचको ५९औं मिनटमा रियल म्याड्रिडका खेलाड़ी रोड्रिगोलाई कुममा तानेर लड़ाउँदा रेफरीले कुनै हिच्किचाहट बिना चेल्सीका खेलाड़ी बेन चिलवेललाई रातो कार्ड देखाए। त्यसपछि चेल्सीले रहल समयमा दशजना खेलाड़ीको साथ खेल्नु पऱ्यो। स्पेनिश क्लब रियलको तर्फबाट अनुभवी करीम बेञ्जेमाले २१औं मिनटमा गोलको खाता खोले। त्यसपछि सब्स्टीट्यूड खेलाड़ी मार्को असेन्सिओले ७४औं मिनटमा अझ एक गोल गरेर रियललाई २-०-ले जीत दिलाए। रियलको होम ग्राउण्डमा यस निराशाजनक हारले फ्रांक लाम्पार्डको प्रशिक्षणमा रहने चेल्सीलाई ठूलो आघात पुगेको छ कारण आफ्नो होम ग्राउण्डमा खेलिने रिटर्न लेगमा टीममाथि अतिरिक्त दबाउ रहनेछ।









