पोख्रेबुङ: गोरामुमो अध्यक्ष मन घिसिङले जीटीएको विरोध गर्दै समष्टिहरुमा भ्रमण शुरु गरेका छन्। यसै क्रममा सुके-मानेभञ्ज्याङ हुँदै पोख्रेबुङ नागरी समष्टि पुगेर राङभाङ तामाकोशी पयर्टन केन्द्रमा अध्यक्ष घिसिङले दलिय कार्यकर्ताहरुलाई सम्बोधन गरेका थिए। सम्बोधनको क्रममा उनले पहाडमा नेताहरुले सोझा जनतालाई भिरमा लाने कार्य गरि रहेको जनाउँदै जनताहरू सचेत रहनुपर्छ भने| उनले अघि भने, ‘म पहाड बचाउन निक्लेको छु तथा पछि गएर मन घिसिङले केही गर्नु सकेन भनेर दोष लगाउनु मिल्दैन| म जीटीए चुनावको विरुद्ध छुइन तर ब्यवस्थाको विरुद्धमा छु भन्दै पहाडको अवस्था लथालिङ्ग छ र मलाई दु:ख लाग्छ|मैले पहाड बचाउन भुमिका निभाउदैछु अब सबैले सोच्नु पर्ने हुन्छl’ ‘उच्च न्यायलयले राज्य सरकारलाई चुनाव नगराउन भन्ने सुझाव दिँदा पनि अनदेखा गर्दै जबर्जस्ती चुनाव गराउदैछ तर गाह्रो छ नेताहरुले खर्च बचाएर त्यसलाई सहि ठाउमा सदुपयोग गरेको राम्रो हो। म नेताहरुको पैसा बचाईदिनु पनि आएको हो।सक्छ भने त्यो पैसा जातीय एकताको निम्ति खर्च गर भनेर मैले खुल्ला कुरा राखेकोछु सोधखोज गर्दा हुने घिसिङले बताए। उनले हाम्रो परिचयमा समेत संकट आएको जनाउदै अब हाम्रोहरुले यो साँचो कुरा कहिले बुझ्ने’, भन्दै यसमाथि गहिरो चिन्ता प्रकट गरेl मन घिसिङले राङभाङ पयर्टन स्थल परिसरमा रहेको शिव मन्दिर, जल कन्यादेवी मन्दिरमा पुजा अर्चना गरेको मिडीया सेल प्रमुख दिनेस साम्पाङले जानकारी दिएका छन्|