आईपीएल २०२३:चेन्नई सुपर किंग्स विरुद्ध जीतको साथ राजस्थान रोयल्स शीर्ष स्थानमा

IMG-20230413-WA0013.jpg

१२ अप्रेलः इण्डियन सुपर लीग (आईपीएल) को १६औं सीजनअन्तर्गत बुधवार खेलिएको म्याचमा राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई ३ रनले पराजित गऱ्यो। यस जीतको साथै रोयल्सले ४ वटा म्याचमा ६ पोइण्टको साथ नेट रन रेटको आधारमा लखनऊ सुपर जाइण्ट्सलाई पछि छोड़ेर आइपीएल टेबलमा शीर्ष स्थान हासिल गऱ्यो। यसरी चेन्नई सुपर किंग्स ४ वटा म्याचमा ४ पोइण्टको साथ पाँचौं स्थानमा रहेको छ। चेन्नईको एमए चिदम्बरम स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्दै राजस्थान रोयल्सले २० ओभरमा ८ विकेट गुमाएर १७५ रन बनायो। जोस बटलरले सर्वाधिक ५२ रन (३६ बल, ३ वटा छक्का, एउटा चौका) बनाए। यसबाहेक देवदत्त पडीक्कलले ३८ रन बनाए। रविचन्द्रन अश्विनले ३० रन बनाए जबकि शिमरन हेटमायरले अविजित ३० रनको योगदान दिए।

चेन्नईका बलरहरूमा आकाश सिंह, तुषार देशपाण्डे र रविन्द्र जडेजाले २-२ विकेट लिए। जवाफमा चेन्नई सुपर किंग्सले अन्तिम बलसम्म प्रयास गरे पनि ६ विकेट गुमाएर १७२ रन मात्र बनाउन सक्यो। ओपनर डेवोन कनवेले ३८ बलमा ६ वटा चौकाको साथ सर्वाधिक ५० रन बनाए। अजिंक्य रहाणे ३१ रन बनाएर आउट भए। अन्तिम ओभरहरूमा आईपीएलमा आफ्नो २००औं म्याच खेलिरहेका कप्तान एमएस धोनी र रविन्द्र जडेजाले पूरा प्रयास गरे पनि टीमलाई जिताउन सकेनन्। धोनीले १७ बल खेलेर ३ वटा छक्का र एउटा चौकाको साथ अविजित ३२ रन बनाए। यसरी नै जडेजाले १५ बल खेलेर २ वटा छक्का र एउटा चौकाको साथ अविजित २५ रन बनाए। राजस्थान रोयल्सका बलरहरूमा रविचन्द्रन अश्विन र युजवेन्द्र चहलले २-२ विकेट लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement