सिङतामको घटनामा एसएमटीडब्ल्यूका सदस्यहरू सामेल नभएको संस्थाको दावी

IMG-20230412-WA0317.jpg

सिङ्ताम: गत ८ अप्रेलको दिन सिङ्ताममा भएको घटनामा एसएमटीडब्लल्यूएका सदस्यहरु पनि सामेल भएको समाचार प्रकाशित भएकोममा संस्थाका अध्यक्ष टिंकु अधिकारीले उक्त समाचारको घोर खण्डन गरेका छन्। घटना घटेको समयमा एसएमटीडब्लुएका चालक सदस्यहरु संगठनले आयोजित गरेको निःशूल्क स्वास्थ्य शिविरमा स्वयमसेवीको रुपमा व्यस्त रहेको कुरो अधिकारीले दावी गरे।

सिङ्तामको ट्याक्सी चालक संगठन (एसएमटीडब्लुए) – ले हालै आयोजित तीन दिवसीय निशूल्क स्वास्थ्य शिविर पूर्णरुपले सफल भएको जानकारी संगठनका महासचिव नोर्देन छिरिङ तामाङले दिएका छन्। संगठनको पहलमा गत ८ देखि १० अप्रेलसम्म आयोजित निशूल्क स्वास्थ्य शिविरलाई सिङ्ताम जिल्ला अस्पतालका सीएमओ डा. टेम्पो भोटिया, सबै मेडिकल स्पेसिलिस्ट, रिनाँक मोबाइल भिलेज क्लिनिक, साम्दुङ र पाक्योङ मोबाइल भिलेज क्लिनिक, सिङ्ताम नगर पञ्चायत, रम्फू नगर पञ्चायतहरूले सक्रिय भूमिका निर्वाह गरेकोममा आयोजक समितिले धन्यवाद दिँदै आभार प्रकट गरेको छ। उक्त शिविरबाट १७५७ जना मानिसहरुले स्वास्थ्य लाभ उठाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement