कालचिनी। आरएसपी समर्थित निखिल बङ्ग महिला सङ्घको जिल्ला स्तरीय कन्भेन्सन आज कालचिनी स्थित आरएसपी कार्यालयमा सम्पन्न भएको जानकारी निखिल बङ्ग महिला सङ्घको राज्य सभापति सुजाता विश्वास र राज्य सचिव श्रवणी भट्टाचार्यले जनाएकी छन।
आज उक्त कन्भेन्सनमा निखिल बङ्ग महिला सङ्घको नेतृ मदिना बेगम लगायत विभिन्न स्तरका नेतृ तथा प्रतिनिधिहरु उपस्थित रहेको थियो भने सभामा अविलम्ब सरकारी पहलमा जयगाउँको भोटाङ गेट खोलाईनु पर्ने र जयगाउँलाई नगरपालिका घोषणा गरिनु पर्ने र कालचिनी, हाँसीमारा, जयगाउँ क्षेत्रलाई मिलाएर महकुमा गठन र चियाबारीमा स्वास्थ्य परिसेवा सुचारु गरिनु पर्ने आदि दाबी प्रस्ताव पारित गरिएको जनाएका छन।
यसलाई लिएर निखिल बङ्ग महिला सङ्घले विभिन्न कार्यक्रम गर्ने जानकारी पनि निखिल बङ्ग महिला सङ्घको राज्य सभापति सुजाता विश्वास र राज्य सचिव श्रवणी भट्टाचार्यले जनाएकी छन।