कालचिनी। मुख्यमन्त्री ममता ब्यानर्जीले गत ८ जुनको दिन सुभाषिनी मैदानमा गण विवाह कार्यक्रममा सम्बोधन क्रममा १५ प्रतिशत रोज वृ्द्धिको कुराको विरोधी दलहरुबाट विरोध भईरहेको क्रममा आज कालचिनी स्थित आरएसपी कार्यालयमा सम्पन्न आरएसपी तथा डीसीबीडब्लूयूको एउटा सभामा मुख्यमन्त्रीको उक्त घोषणाको आलोचना गरिएको जानकारी आरएसपी नेता तथा पूर्व अलिपुरद्वार विधायक निर्मल दासले दिएका छन।
आज उक्त सभामा यूटीयूसी राज्य नेता निर्मल दास, डीसीबीडब्लूयूको राज्य महासचिव गोपाल प्रधान, कार्यकारी सभापति जोन फिलीप खाल्को, पूर्णमान राई आदि राज्य सचिव स्तरीय सदस्यहरुको उपस्थिति रहेको थियो। जोन फिलीप खाल्कोको अध्यक्षतामा सम्पन्न सो सभाले रोज अर्थात ज्याला वृद्धिको फसेला रोज वृद्धि निर्धारण कमिटी वा श्रम विभागले गर्ने हो तर एउटा गण विवाह कार्यक्रममा सम्मिलित हुन आएकी मुख्यमन्त्रीले यसरी फसेला सुनाउनु न्यायोचित नभएको सभामा चर्चा गरिएको थियो।
आगामी १६ जुनको दिन डीसीबीडब्लूयू द्वारा प्रत्येक चियाबारीहरुमा गेटसभा मार्फत श्रमिकहरुलाई बुझाईने र यो निर्णय श्रमिक विरोधी रहेको बताईने निर्मल दासले जनाएका छन। विधानसभा सचिव समक्ष मनोहर तिर्कीको नेतृत्वमा मिनिमम वेजेस कानुन र कमिटीको सिफारिश गर्ने दाबी प्रदान गरिने जनाएका छन।