गान्तोक: राजधानीको लोवर काजी रोडस्थित ब्लू डार्ट एक्सप्रेसको कार्यालयमा चोरी भएको छ। कोरियर सर्विसले ठूलो नोक्सानी झेल्नु परेको छ। पुलिस रिपोर्ट अनुसार, मंगलवार बिहान लगभग ५.३० बजी कोरियर सर्विसको कार्यालयमा चोरी भएको थाहा लाग्यो। कार्यालयमा सर-सामग्रीहरू छरपस्ट थिए। जाँचपछि एक लाखभन्दा धेरै मूल्यका सर – सामग्रीहरू हराएको तथा लगभग ३० हजार रूपियाँ मूल्यका सामग्रीहरूलाई क्षति पुयाएको थाहा लाग्यो। सदर पुलिसले अज्ञात आरोपित विरूद्ध मामिला दर्ता गरेर जाँच शुरू गरेको छ।