कोलकाता: महानगर कोलकातामा एक मल्टीस्टोरिड बिल्डिङको लिफ्ट झर्दा एक लिफ्ट अपरेटरको मृत्यु भयो। मृतकको नाम रहीम बताइएको छ। प्राप्त जानकारी अनुसार, लिफ्ट तेस्रो तलादेखि पहिलो तलामा गएर झन्यो र त्यसैको साथ लिफ्ट संचालकको आधा गला काँट्यो पुलिसले जानकारी गराए अनुसार, रहीमको शव लिफ्टमुनि यस प्रकार फंसेको थियो कि त्यसलाई निकाल्नमा अथक प्रयास गर्न पयो। यस घटनाले त्यस भवनका कार्यालयहरूका कर्मचारीहरूमा डर फैलियो। मानिसहरूको भनाई छ, लामो समयदेखि लिफ्टको समस्या चलिरहेछ। रख-रखाव पनि सही छैन यहाँसम्म कि पूरा भवनको पनि ठीकले रख-रखाव गरिन्दैन। घरि-घरि शिकायत गरेपनि कुनै लाभ भएन। लिफ्ट प्रायः जसो खराब रहन्छ। फलस्वरूप कर्मचारीहरूलाई माथिल्लो तलासम्म जानमा भारी समस्याको सामना गर्नपर्छ। दमकल र राज्य आपदा प्रबन्धनको टीम घटनास्थलमा पुग्यो। लिफ्ट कसरी झयो, जसको जाँच जारी छ। मृतकका परिजनहरूलाई पनि सूचना दिइयो।