दार्जीलिङ: जीटीए सभाको चुनावमा जानु हाम्रो पार्टीको रहर होइन बाध्यता हो। उक्त मन्तब्य हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले गरेका हुन्। शहरको गोर्खा दुख निवारक सम्मेलन भवनमा आज हाम्रो पार्टीको चुनावी सभा सम्पन्न भयो। आयोजित सभामा दार्जीलिङको तीन नम्बर समष्टिको पार्टी कार्यकर्ता, समर्थक साथै साधरण जनता जर्नादानहरूको अपार उपस्थिति रहेको थियो। दार्जीलिङको तीन नम्बर समष्टिबाट नै हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डस चुनावी मैदानमा ओर्लिएको छ। सभालाई सम्बोधन गर्ने क्रममा हाम्रो पार्टी अध्यक्ष एंव उम्मेद्वार अजय एडवार्डसले जीटीएले गोर्खाहरूको जन आकांक्षा पुरा गर्न सक्दैन यो हामीले भन्दै आइरहेका छौ, जीटीए सभा चुनावको नामाङ्कन पत्रको एक दिन अघिसम्म हामीले पर्खेर बस्यौ तर अन्य राजनैतिक दलहरूले नामाङकन पत्र दर्ता गर्न थालेपछि हामीले पहाडको हितमा पहाडबासीको हितमा अंश ग्रहण गर्न बाध्य भयौ। हाम्रो पार्टीको भनाई स्पष्ट छ,पहाडमा अब जनताको राज आउनु पर्छ, नेता र ठेकादारको गठबन्धन अब बन्द हुन पर्छ अध्यक्ष एडवार्डसले भने।विगत ३०, २५ सालदेखि पहाड अनि पहाडबासीहरूलाई डर, भय, सन्त्रास, भाइभतिजाबाद आदिले थिच्दै आएको छ, अब यी सवै हटनु पर्छ पहाडमा जनताको राज आउँछ भन्ने हाम्रो पार्टीको अडान हो।हाम्रो पार्टीले दार्जीलिङ नगरपालिकामा जनताको राज ल्याएको छ,अब लाल कोठीमा जनताको राज ल्याउन पर्छ अध्यक्ष अजय एडवार्डसले भने।