छोराले कुट्दा ७४ वर्षीय वृद्ध बाबुको मृत्यु

Representative-image-murder-copy

अलिपुरद्वार। छोराले कुट्दा ७४ वर्षीय वृद्ध बाबुको मृत्यु भएको घटना प्रकाशमा आएको छ। घटना अलिपुरद्वार जिल्लाको शामुकतलाको पुकुरिया गाउँमा भएको हो। प्राप्त जानकारीअनुसार गत राति छोरा विधान खडिया (२४) ले आफ्नो वृद्ध बाबु गाब्रियल खडियालाई कुटपीट गर्दा वृद्ध बाबु अचेत भएपछि आत्मीय तथा छिमेकीहरूको सहयोगमा तिनलाई योशोडाङ्गा ग्रामीण अस्पतालमा भर्ना गरे तापनि उपचाराधीन अवस्थामा तिनको मृत्यु भएको बताइएको छ। यसपछि अस्पताल कर्तृपक्षले शामुकतला थानालाई घटनाबारे जानकारी गराएपछि पुलिस अस्पताल पुगेर शव उद्धार गरेर आज पोस्टमार्टमको लागि अलिपुरद्वार जिल्ला अस्पतालमा पठाएको छ। अर्कोतिर, पुलिसले आरोपी छोरालाई पक्राउ गर्नको साथै घटनाको जाँच शुरु गरेको पुलिस सूत्रले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement