१९८६ देखि गुमाउँदै आएको भन्ने अनित थापाको बयानको गोरामुमोद्वारा खण्डन

IMG-20230412-WA0235.jpg

खरसाङ: भागोप्रमो अध्यक्ष अनित थापाले १९८६ सालदेखि हामीले गुमाउँदै आएको छौं भनी दिएको बयानलाई गोरामुमो खरसाङ ब्राञ्च कमिटीका प्रचार प्रसार सचिव भुपेन गुरुङले खण्डन गरेका छन्। उनले आज एक प्रेस विज्ञप्ति जारी गर्दै भने, अनित थापाले दिएको बयानलाई म घोर बिरोध गर्दै खण्डन गर्दछु। १९८६ सालको आन्दोलनको उपलब्धिबारे विस्तारपूर्वक जानकारी गराउँदै २००७ देखि जन्मिएको पार्टीले के उपलब्धि हाँसिल गर्‍यो भनी प्रश्न गर्दै जीटीए भित्र्याएपछि के के गुमाउँदै छौं र गुमाइसकेका छौं यस विषयबारे चिन्तन गर्ने भुपेन गुरुङले अनित थापालाई सुझाव समेत दिए। उनले २००७ देखि जन्मिएको पार्टीमा अनित थापाको पनि नेतृत्व थियो भनी भुपेन गुरुङले जनाएका छन्। १९८६ सालको आन्दोलन सुवास घिसिङको नेतृत्वमा भएको थियो र यो आन्दोलनले गोर्खाहरुले आफ्नो हक र अधिकारको निम्ति लड्नु पर्ने रहेछ भनेर सिकाएको थियो। आन्दोलनको उपलब्धि स्वरूप हामीले दार्जीलिङ गोर्खा पार्वतीय परिषद हाँसिल गरेका थियौं। त्यो गोर्खाहरुको किपट हो यदि १९८६ सालको आन्दोलन नभएको भए आज धेरै नेताहरु सिलगुढीको होटेलतिर, खाडी राष्ट्रतिर कार्य गर्दै गरेको हुन्थ्यो। त्यहीँ ८६ सालको आन्दोलनको उपलब्धिले आज नेताहरुले पैसा कमाउँदैछ। यसकारण ८६ सालदेखि गुमाउँदै आएका छौं भन्ने बयान दिनु नमिल्ने भुपेन गुरुङले जनाएका छन्। आन्दोलनको फलस्वरूप २२ अगस्ट १९८८ सालमा गोर्खा अकर्ड भएको थियो जसमा हामीले दार्जीलिङ गोर्खा पार्वतीय परिषद भित्र्याएका थियो भने लगत्तै २३ अगस्त १९८८ मा भारत सरकारले एउटा अधिसूचना जारी गरी गोर्खाहरु भारतको खाँटी नागरिक हुन् भनी भारत सरकार र नेपाल सरकार माझ १९५० को मैत्रीपुर्ण सन्धि अनुरुप धारा ७ ले हामीलाई विदेशीको लालञ्छनाबाट छुटकारा दिलाएको थियो साथै अधिसूचनाको कारण भारतीय सेनामा गोर्खा रेजिमेन्टको पनि नामकरण गरिएको हो। यसकारण हामीलाई गोर्खा सर्टिफिकेट पनि दिएको हो। विदेशीलाई गोर्खा सर्टिफिकेट दिँदैन। सुवास घिसिङको बौद्धिक दक्षताको कारण दागोपापलाई भारतको संविधान अनुरुप २४३ एम अन्तर्गत सुरक्षा प्रदान गरियो यो हाम्रो किपटको कवज हो। यो एउटा ठूलो उपलब्धि हो र यसलाई हामीले बचाउनुपर्छ तर पहाडको कतिपय राजनैतिक दलहरुले यसलाई षड्यन्त्र गर्दै भत्काउनु खोज्दैछ भनी भुपेन गुरुङले जनाएका छन्। आप्पा सुवास घिसिङले २००५ मा छैटौं अनुसूचीको सम्झौता गरेका थिए। त्यो एउटा ठूलो क्षमताशील संवैधानिक ब्यवस्था थियो। त्यसमा हाम्रो माटोको मालिकाना अधिकार थियो तर त्यसलाई बंगाल र केन्द्रका कतिपय नेताहरुले हाम्रै गोर्खा नेताहरु लगाएर षड्यन्त्र गराएर छैटौं अनुसुची रोक्ने कार्य गर्‍यो र त्यो नै हामीले सबै भन्दा ठूलो चीज गुमाउनु पर्‍यो र त्यसलाईनै गुमाएको भन्छ ।यसैकारण आज शिक्षित युवा बर्गहरुलाई गुमाउँदैछौ उनीहरु पहाड बाट पलायन हुँदै गइरहेका छन्। ८६ देखि गुमाउँदै आएको भन्दै अनित थापाले भन्छन् तर २००७ देखि गोर्खाल्याण्डको नाममा झुटो आन्दोलन गरेर हामीले गुमाउँदै, गुमाउँदै आएका छौं। यसकारण गोरामुमो अध्यक्ष मन घिसिङ यसलाई बचाउन र गोर्खाहरुको न्यायको निम्ति लागि परेका छन् सबैले अध्यक्ष मन घिसिङलाई साथ दिन अपिल समेत भुपेन गुरुङले गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement