दार्जीलिङ: अग्नि पिडित सुनिल राईलाई हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले दिए ५० बेग सिमेट। गत केही महिना अघि मिरिक नगरपालिकाको वार्ड नम्बर ६ निवासी सुनिल राईको घरमा भीष्म आगलागी भएको थियो अनि उक्त आगोले उनको घर स्वाहा बनाएको थियो। मिरिक हाम्रो पार्टीको महकुमा अध्यक्ष प्रशान्त लामाले घटनाको जानकारी पार्टी अध्यक्ष अजय एडवाडर्सलाई तुरून्तै दिएपछि हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्स सुनिल राईसंग भेट गर्न पुगेका थिए। त्यसै अवधि उनलाई केही सर सामान किन्न २० हजार रूपियाँ नगद राशी प्रदान गर्दै घर निर्माणको अवधि ५० बेग सिमेन्ट सहयोग गर्ने वाचा गरेका थिए।हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले आफ्नो वाचा पूरा गर्दै ५० बेग सिमेट सुनिल राईको घरमा पूराई दिएका छन्। यस अवसरमा २४ नम्बर अध्यक्ष सुमन गुरुङ्ग, सचिव जुगल प्रधान, अनुप तामाङ आदि उपस्थिति थिए। यस संदर्भमा अग्नि पिडित सुनिल राईले हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सप्रति आभार जनाउँदै अजय एडवाडर्स वचनको पक्का रहेको व्यक्ति रहेको बताए।