दार्जीलिङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले राज्य चुनाव आयोग समक्ष चढाएको अर्जी पत्रमाथि आपत्ति जनाउँदै हाम्रो पार्टीले आज राज्य चुनाव आयोगलाई पत्रचार गरेको छ। गत केही दिन अघि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रतिनिधि टोली कोलकता गएका थिए। त्यस अवधि राज्य चुनाव आयोग समक्ष चुनाव चिन्ह्रको निम्ति एक अर्जी पत्र चढाएका थिए। भारतीय प्रजातान्त्रिक मोर्चाले चढाएको अर्जी पत्रमाथि आपत्ति जनाउँदै आज हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले राज्य चुनाव आयोगलाई एक पत्र पठाएका छन्। हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले आफ्नो पत्रमा आगमी दिनमा सम्पन्न हुने पंचायत चुनावको निम्ति भारतीय प्रजातान्त्रिक मोर्चाले चुनाव चिन्हलाई लिएर जो आवेदन गरेका छन् यसको निम्ति हकदार नरहेको बताएका छन्। हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले राज्य चुनाव आयोगलाई लेखेको पत्रमा पश्चिम बंगाल पंचायत निर्वाचन नियम २००६, त्यसरी नै पश्चिम बंगाल पंचायत चुनाव अधिनियम २००३ अन्तर्गत अध्याय १ मा मान्यताप्राप्त राजनैतिक दल, राष्ट्रीय दल, निर्वाचन आयोगद्वारा मान्यताप्राप्त राज्य दल, भारतीय निर्वाचन आयोगद्वारा राजनैतिक दलहरूले मात्र चुनावमा आफ्नो चुनाव चिन्हको दावी गर्ने प्रावाधान रहेको छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा राष्ट्रीय पार्टी पनि होइन अनि राज्य पार्टी पनि होइन त्यसकारण उनीहरू चुनाव चिन्हको हकदार कदापी छैन भन्ने हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले आफ्नो पत्रमा उलेखको गरेको बताइएको छ। पश्चिम बंगाल पंचायत निर्वाचन नियम २००६ को नियम ३३ मा उल्लेख गरिएको विषयहरू भागोप्रमोसंग नरहेको हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले जनाएको छ। यसबाहेक पश्चिम बंगाल पंचायत निर्वाचन आयोगको नियम अनुरूप हुन पर्ने कुनै पनि विषयहरू भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चासंग नरहेको जानकारी गराउँदै पंचायत चुनावको निम्ति भागोप्रमोले चुनाव चिन्हको जो मांग गरेको छ, त्यो नियम अनुरूप नरहेको जनाउँदै भागोप्रमोको अर्जीलाई खारिज गरिनु पर्ने मांग हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले राज्य चुनाव आयोगलाई पठाएको पत्रमा उलेख गरिएको छ। हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले राज्य निर्वाचन आयोग लाई लेखेको पत्रको प्रतिलिपि मुख्यमंत्री कार्यलय, अनित थापा जीटीए चीफ,जीटीए मुख्य सचिव लालकोठीलाई पनि पठाएको जानकारी प्राप्त भएको छ।