जनताको समस्या समाधान गर्न दुआरे सरकार विफल भएको छ: लाडुप घिसिङ
मिरिक: जनताको समस्याहरू समाधान गर्न दुआरे सरकार विफल भएको हाम्रो पार्टीले बताएको छ। हाम्रो पार्टीको प्रतिनिधि टोलीले आज मिरिक खण्ड विकास अधिकारीको कार्यलयमा भेट गरी एक ज्ञापन पत्र चढाएका छन्। चढाएको ज्ञापन पत्रमा रूपाश्री आदि जस्ता साहुलियतको लाभ उठाउन विभिन्न प्रकारको दस्तावेजहरू जम्मा गर्न पर्ने बताउँदै आईरहेकोले स्थानीय मानिसहरूले धेरै प्रकारको समस्याहरू भोग्न परिरहेको अवगत गराएका छन्। खण्ड विकास अधिकारीसंगको भेटवार्तापछि हाम्रो पार्टी केन्द्रीय कमिटी सदस्य लाडुप घिसिङले आज हामी जनगुनासोहरू लिएर मिरिक खण्ड विकास अधिकारीसंग भेट गर्यौं अनि उक्त भेटवार्तामा हामीले खण्ड विकास अधिकारी समक्ष नेपाली भाषामा लेखिएको ज्ञापन पत्र सुम्पिएका छौं भनी बताएका छन्। उनले राज्य सरकारले जनहितको निम्ति जारी गरिएको रूपाश्री प्रकल्पमा कहीं कताई विहेको प्रमाण पत्र मांगेका छैन। तर यसबारे एफिडेफिट आदि जस्ता दस्तावेजहरूको मांग गर्दै जनतालाई दुःख दिने कार्यहरू भईरहेको छ,जो उचित होइन भनी बताएका छन्। उनले यस विषयमा भने, ‘दुआरे सरकारको पाँचौं चरण, छैटौं चरण सबै सफल भएको दावी गर्दैछ तर २०२१ मा टेण्डर हालेको दुआरे सरकारको एउटै पनि काम भएको छैन। त्यसकारण स्थानीय ठेकादार भाइहरूले दर्ता गरेको टेण्डर फिर्ता लिने निर्णय लिई सकेको बताउँदै दुआरे सरकार जनताको आखाँमा धूलो मात्र रहेको छ। उनले अघि भने, ‘मिरिक खण्ड विकास कार्यालयमा धेरै खाली पदहरू रहेको छ। राज्य सरकारले जति पनि अधिसूचनाहरू जारी गर्दैछ ती सबै बंगला भाषामा रहेकोले हाम्रो मानिसहरू यी विषयहरूबारे अनभिज्ञ हुने गर्छन्।’