सडक माथिबाट ढुङ्गा झर्दा एउटा सानो वाहन क्षतिग्रस्त

IMG_20220612_163642.jpg

सेभोक। आज बाघपुलको काली मन्दिर छेउ राष्ट्रिय राजमार्ग १० अन्तर्गत बिहान लगभग १० बजी अचानक सडक माथिबाट ढुङ्गा झर्दा एउटा सानो वाहन क्षतिग्रस्त बनेको छ। दुर्घटनामा कसैलाई केही भएको छैन। प्राप्त जानकारीअनुसार सेभोक मन्दिरमा पुजा गर्न आएका मानिसहरूले उक्त ठाउँमा वाहन राखेर मन्दिरमा गएका थिए। यसपछि अचानक सडक माथिबाट ठुलो ढुङ्गा झरेर वाहन क्षतिग्रस्त भएको छ। तथापि, वाहनमा कोही नभएकोले कसैको ज्यानलाई कुनै क्षति नभएको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement