उत्तर दिनाजपुर: प्राथमिक विद्यालयबाट एक अज्ञात वृद्धको मृतदेह उद्धार गरिएको घटना बुधवार इस्लामपुर नगर पालिकाको वार्ड नम्बर-४ मा घटेको हो। जानकारी अनुसार, प्राथमिक विद्यालयको पछाड़ी फोहोरमा आज मानिसहरूले एक वृद्धको मृतदेह देखे। जसपछि यसको सूचना इस्लामपुर पुलिसलाई दिइयो।सूचना पाएर इस्लामपुर थाना पुलिस घटनास्थलमा पुग्यो औं शवलाई उद्धार गरी पोस्टमार्टमको निम्ति इस्लामपुर महकुमा अस्पताल पठायो घटनाको जाँच शुरू गरिएको छ। खबर लेखिञ्जेलसम्म वृद्धको पहिचान हुनसकेको थिएन। स्थानीय मानिसहरूको भनाई छ, वृद्धको हत्या गरी उसलाई यहाँ फ्याँकिएको हो।