देशी मदिराको भट्टी नष्ट गर्यो

IMG-20230410-WA0169.jpg

तिनसुकिया: पुलिस र आबकारी विभागले तिनसुकिया जिल्लाको डिगबोईमा मदिरा विरूद्ध व्यापक स्तरमा अभियान चलाएको छ। यो अभियान पावैं बनगाउँ, नम्बर ३ बोरबिलमा चलाइयो। अभियानमा देशी मदिराको भट्टीलाई नष्ट गरियो। पुलिसले जानकारी गराएको छ, छापामारीमा ११५०० लीटर मदिरा बनाउनका लागि तयार गरिएको कच्चा सामग्री, २२०० लीटर देशी मदिरा (चुलाई), १८ मदिरा बनाउने उपकरण र अन्य धेरै समान जफत गरियो। पछि त्यसलाई नष्ट गरियो। यसबाहेक पुलिसले क्षेत्रमा लुकी छिपी मदिरा बनाउनका लागि बनाइएका – ठेगानाहरूलाई आगो लगायो। यद्यपि, कारबाही अगावै मदिरा तस्कर घटनास्थलबाट भाग्नमा सफल रहे। यस सम्बन्धमा लगभग १६ मामिला दर्ता गरिएको छ। पुलिस मामिलाको जाँचमा जुटेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement