दार्जीलिङ: हिजो लङ्भ्युमा जीटीए प्रमुख अनित थापा आएर गोरामुमोबाट पचास घर भागोप्रमोमा सामेल भएको भन्ने बयानलाई गोरामुमो पंखाबारी गिद्देपहाड समष्टिका महासचिव सुबोध पाख्रीनले खण्डन गरेका छन्। उनले यो केवल अफवाह मात्र भएको भन्दै गोरामुमोबाट केवल चार घर मात्र भागोप्रमोमा सामेल भएको स्वीकारेका छन्। २००७ देखि लङ्भ्युबाट गोरामुमो निमट्यान्न पार्छु भनेर दाबी गर्नेहरुले लङ्भ्युबाट गोरामुमोलाई निमट्यान्न पारेर देखाओस भन्ने उनको दाबी छ। उनले अझ भने, ‘लङ्भ्युमा गोरामुमो अझै पनि बलियो छ र रहनेछl’