नेपालमा चीनबाट भित्रियो ९० टन बिष्फोटक पद्धार्थ

61220bb2-3bfa-41b0-82d0-88dab7c84f29

काठमाण्डौँः चीनबाट नेपालमा ९० टन विष्फोटक पद्धार्थ भित्रिएको छ । नेपालमा सञ्चालित चिनियाँ लगानीका उद्योग र आयोजनाका लागि पहिलोपटक चीनबाट बिष्फोटक पद्धार्थ भित्रिएको हो । नेपाली सेनाका प्रवक्ता कृष्ण प्रसाद भण्डारीले बिष्फोटक पद्धार्थ चीनबाट भित्रिएको पुष्टि गरे । सरकारको अनुमतिमै बिष्फोटक पद्धार्थ प्रक्रिया मिलाएर भित्राइएको हो ।बिष्फोटक पद्धार्थको अभाव भई उद्योग र पूर्वाधार आयोजनामा असर परेको भन्दै व्यवसायीले सरकारसँग आग्रह गरेपछि अनुमति दिइएको बुझिएको छ । सैनिक प्रवक्ता भण्डारीले सरकारले अनुमति दिएरै बिष्फोटक पद्धार्थ भित्राउन सकिने जानकारी दिए । उनले गृह मन्त्रालयबाट सुझावका लागि रक्षा मन्त्रालय हुँदै नेपाली सेनाको मुख्यालयमा राय मागिने गरिएको बताए । बिष्फोटक पद्धार्थको अभाव भई उद्योग र विकास आयोजनाहरूमा असहजता देखिएपछि सेनाले राय दिएपछि चीनबाट भित्रिएको हो ।

अहिले ल्याइएको ९० टन बिष्फोटक पद्धार्थ चीनको लगानीको होङ्सी शिवम् सिमेन्ट र सान्जेन खोला जलविद्युत आयोजनाका लागि हो । सान्जेन जलविद्युत चाइना हार्वर इन्जिनियरिङ कम्पनी लिमिटेडद्वारा प्रवर्दित सलासुंगी पावर लिमिटेडले निर्माण गरिरहेको छ। चीनबाट ५०० टन बिष्फोटक पद्धार्थ ल्याउन लागिएको नेपालको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानले खुलाएको छ । यसअघि नेपालले भारतबाट मात्र विकास आयोजनाका लागि आवश्यक विष्फोटक पद्धार्थ ल्याउने गर्दथ्यो । भारतले चिनियाँ आयोजनाहरूका लागि आवश्यक बिष्फोटक पद्धार्थ दिन आनाकानी गरेको विषय उठेको थियो । नेपालमा ठूला आयोजनाहरूमा चिनियाँ कम्पनीको संलग्नता बढेको छ । तर, ती कम्पनीहरूको काममा ढिलाई देखि गुणस्तरमाथि प्रश्न उठ्न थालेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement