मालदा: कक्षा आठमा अध्यनरत दुई नाबालिग छात्राहरू घरबाट भागेर दुई दिनसम्म परिवारसँग सम्पर्कविहीन थिए। अन्तमा पुलिसले मंगलबार राति रतुआको सम्सी थानाबाट ती दुई छात्रालाई फैला पारेको छ । ती दुबै नजिकका साथी हुन् । दुवै छात्रा एउटै विद्यालयमा एउटै कक्षाका सहपाठी हुन्। ती दुई छात्रा दुई दिनसम्म किन सम्पर्कविहीन भए भन्नेबारे पनि पुलिसले अनुसन्धान सुरु गरेको छ। यद्यपी घटनाको पछाडी अरु रहस्य छ वा दुई नाबालिग छात्राहरू महिला बेचबिखन काण्डमा परेकी हुन् भन्नेबारे अनुसन्धान सुरु भएको छ । अदालतको आदेशअनुसार बुधबार पुलिस अनुसन्धान अधिकारीहरूले दुवै बालिकालाई मालदा बाल संरक्षण आयोग पठाउने व्यवस्था गरेका छन्।